तर, उक्त कुरा रमाइलोको लागि मात्र भनिएको थियो वा वास्तविक थियो भन्ने धेरैलाई अलमलको विषय बनेको थियो । धेरैले यसलाई सत्य भएको बताए भने केहीले फण्डामात्र भएको बोले । यस्तैमा, नेहाका भाइ गायक टोनी कक्कडले पनि यस विषयमा बोलेका छन् ।
उनले सामाजिक संजालमा पोष्ट गरेको एक भिडियोमा उक्त विषयमा बोलेका हुन् । उनले त्यहाँ नेहा र आदित्य फेब्रुअरी १४ को बेहुला बेहुली भएको बोलेका छन् ।
उनले भनेका छन्, ‘यी दुई जना फेब्रुअरी १४ बाट एक हुदैँछन् । त्यसैले उनीहरुलाई मैले मेरो गीतमा काम गराइहाले ।’ उक्त भिडियो टोनीको गीत छायांकन सेटमा तयार गरिएको भिडियो हो ।
टोनीको नयाँ गीतमा नेहा र आदित्य फिचर भएका छन् । टोनीको उक्त भिडियोबाट नेहा र आदित्यको बिबाह साच्चिकै हुन लागेको हो कि भन्ने आभाष हुन्छ ।
नेहाले पनि आˆनो सामाजिक संजालका पोष्ट गर्ने फोटोहरुमा फेब्रुअरी १४ लेख्ने गरेकी छिन् । त्यहाँबाट पनि आदित्यसँग सोही मितिमा उनी बिबाह गर्दैछिन् भन्ने कुरामा शंका गर्न सकिन्छ ।