images
images

कार सिकाउँदै गर्दा मैदानबाट सय मिटर तल खस्याे, एक जनाकाे ज्यान गयाे

काठमाडौँ – कार सिकाउने क्रममा दुर्घटना हुँदा बिहीबार राति एक जनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा कार धनी दशरथचन्द नगरपालिका ४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

दुर्घटनामा कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते हुनुभएको छ । बा ६ प ९१९९ नम्बरकाे कार दशरथचन्द नगरपालिका २ देहीमाडौँकाे घुसल्ला मोड नजिककै निर्माणाधीन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त कार मैदानभन्दा झण्डै सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।