काठमाडौँ – नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले ललिता निवासको जग्गामा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध राखी बदनियतपूर्वक भ्रष्टाचारको आरोप लगाइएको दावी गरेको छ । ओली सरकारको निर्देशनअनुरुप गच्छदारलाई भ्रष्टाचारको आरोप लगाइएको तरुण दलको आरोप छ ।
तत्कालीन सरकारका प्रमुखहरु नेकपाका नेता माधवकुमार नेपाल, बाबुराम भट्टराई, र तत्कालीन सरकारका मुख्य सचिव लिलामणि पौडेललाई कम्युनिष्टको छहारीमा राखिएको तरुण दलको आरोप छ । अख्तियारले गरेको दुषित निर्णयलाई तत्काल सच्याउन र उक्त प्रकरणमा तत्कालीन सरकारको नेतृत्व गरेका नेपाल, भट्टराई र पौडेल द्वयलाई कानुनको कठघरामा उभ्याउन तरुण दलले माग गरेको छ ।


जनता भ्वाइस 







