काठमाडौँ – भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को प्रिमियर राजधानीमा गरिएको छ । नयाँ बसपार्कस्थित लोत्से मलमा रहेको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा फिल्म युनिटसँगै कलाकार्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले फिल्ममा शिर्ष भूमिका निर्वाह गरेकै कारण फिल्म हेर्न आइपुग्ने धेरै थिए । फिल्ममा विपिनले ‘सेल्फी किङ्ग’ भूमिका निर्वाह गरेका छन् ।
उनी लिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । फिल्ममा उनैको तीन दिनको कथा उतारिएको छ । कमेडियनको भित्री पिडा र बाहिरी कर्तव्यलाई यसमा समेटिएको छ । फिल्म हेर्न भुवन केसी, सन्तोष पन्त, निर्मल शर्मा, जितु नेपाल, केदार घिमिरे, निशा अधिकारी, केकी अधिकारी, आँचल शर्मा, नम्रता श्रेष्ठ, कर्मा, विनय श्रेष्ठ, आर्यन सिग्देललगायतका फिल्मकर्मीको उपस्थिति रहेको थियो ।
फिल्म हेरेका कलाकर्मीले प्रसंसा गरेका छन् । सबैले उठान गरेको विषयसँगै कलाकारको भावनालाई यसमा प्रस्तुत गरिएको मिडियासामु प्रतिक्रिया दिए । फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र शुभाष थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् ।
यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।
फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।
आर्यन सिग्देल : यो फिल्मले सबैलाई छुन्छ जस्तो लाग्छ । फिल्म हेर्दा निकै भावुक पनि भए । फिल्म हाँसो र रोदनको मिश्रण छ । हामीलाइ कहिँ त्यो पात्रले हसाउछ त कहिँ रुन बाध्य बनाउछ । नेपाली फिल्म हेर्ने दर्शकले एक पटक हेर्नुपर्छ भन्छु म फिल्मलाई ।
नम्रता श्रेष्ठ : फिल्म मन पर्यो । यहाँ देखाइएका केहि नकेहि कुरा कलाकारसँग मेल खान्छ नै । एउटा कलाकारलाई सबैले बाहिरबाट त चिन्छ तर भित्र उसको के छ ? त्यो कसैले महसुस गर्दैन । फिल्ममा यस्तै देखाइएको छ । मैले धेरै पटक काम गरेको निर्देशक दिनेश राउतले यसलाई निर्माण गर्नु भएको छ । सधै केहि नयाँ गरौँ भन्ने सोच राख्ने दिनेशले निर्माताको रुपमा डेब्यु नै यस फिल्मबाट गर्नु भएको छ । म निकै खुसि छु ।
कर्मा : फिल्म हेर्दा धेरैपछी नै रोए म । आर्टिस्टलाई हेर्ने दृष्टिकोण र बेहुर्नु पर्ने कुरालाई यसमा राम्रोसँग देखाइएको छ ।
केकी अधिकारी : यो फिल्मसँग जोडिन पाउँदा लक्की नै ठानेकी छुँ । यो फिल्म कलाकारलाई मात्र छुने कथा हैन , यसले जुनै प्रोफेसनको मान्छेलाई छुन्छ । म कलाकार भएकोले यसले अझै बढी छोएको छ । यसमा कलाकारको भावना र व्यस्थालाई छर्लंग पारेको छ । स्टेज अगाडीको कलाकारलाई त सबैले देख्छ तर स्टेज आउनु अगाडी उसले के कस्तो कुरा भोग्छ त्यसलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।
निशा अधिकारी : फिल्मले हामीलाइ एक पटक झस्काएको पनि छ । हामीले भोलि भनेर सोच्ने गरेका छौ तर के समय हाम्रो अनुसार चल्छ त ? यी सम्पूर्ण कुरा फिल्मले प्रस्तुत गर्छ । सरल ढंगले जीवनको सार फिल्ममा देखाइएको छ । यतिको फिल्म बन्नु हाम्रो लागि खुसिको कुरा हो । धेरैपछी राम्रो फिल्म हेर्न पाए ।
प्रदीप भट्टराई : फिल्मले हामीलाई त निकै छुन्छ । मलाइ आश छ दर्शकलाई पनि यतिकै छुन्छ । फिल्मले निराश बनाउदैन भन्नेमा विश्वस्त छु । विपिनले फिल्म मार्फत पुनः आफ्नो क्षमतालाई प्रस्ट्याएका छन् । उनि अब्बल कलाकार हुन् भन्ने तथ्यलाइ उनले प्रुफनै गरे ।
निर्मल शर्मा : यस्तो किसिमको फिल्म मलाइ निकै मन पर्छ । किनकी यहाँ व्यर्थका केहि छैनन् । चाहिने कन्टेन भन्दा फिल्म बाहिर गएको छैन । फिल्मले हामी कलाकारलाई जसरि छोएको दर्शकलाइ पनि छुन्छ । र , यो फिल्म हेर्ने दर्शकले कलाकार हेर्ने नजरमा पक्कै परिवर्तन गर्छ भन्नेमा विश्वस्त छु ।
दीपेन्द्र के खनाल : एउटा नयाँ निर्देशकले बनाएको फिल्म जस्तो लागेन । फिल्म यस्तै किसिमको म रुचाउछु त्यसैले गर्दा मेरो मन छोयो । एउटा राम्रो र सरल नेपाली फिल्म हेर्न चाहनुहुछ भने फिल्म हेर्न आउनुस । यो हाम्रो मौलिक कथाको मन छुने फिल्म हो ।