images
images

१५ वर्षीया किशोरी र ६८ वर्षीया वृद्धा बलात्कार काण्डमा चार जना पक्राउ

१५ वर्षीय किशोरी र ६८ वर्षीया वृद्धा बलात्कार काण्डमा चार जना पक्राउ परेका छन् ।  माघ १२ गते दिउँसो करिव १ बजेको समयमा गुल्मीको ईस्मा गाउँपालिका–६ अमरपुरमा ६८ बर्षीया बृद्धालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षीय स्थानीय भिमप्रकाश पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै गुल्मीकै मुसिकोट नगरपालिका–७ बडिगाड खोलाको डल्लेनहरमा माघ १९ गते १५ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाका ३१ बर्षीय चुराबहादुर कुमाल, १९ वर्षीय टेकबहादुर कुमाल र बाग्लुङ्ग बडिगाड गाउँपालिका–४ का १९ वर्षीय सोनु दगामी घर्ती मगर रहेका प्रहरीले जनाएको छ ।

६८ वर्षीया वृद्धाको बलात्कारका आरोपित भीमप्रसाद भने पीडितकै नातेदार हुन्। पीडित वृद्धा उनकी कान्छी सासु रहेको बताइन्छ । यी दुवै घटनाका आरोपितविरुद्ध प्रहरीले मुद्दा दायर गरिसकेको छ ।