images
images

कांग्रेस केन्द्रीय समितिको बैठक सर्‍यो

काठमाडौँ – नेपाली कांग्रेसले बिहीबारका लागि बोलाएको केन्द्रीय समितिको बैठक माघ २७ गतेसम्मका लागि सारिएको छ । नेताहरूको व्यस्तताको कारण बैठक सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस अघि १३ माघको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर तथा नेविसंघ गठनको निर्णय गरेको थियो ।

महाधिवेशनको कार्यविधिको सम्बन्धमा भने संस्थापन र इतर पक्षबीच सहमति हुन सकेको छैन । इतर पक्षको चर्को विरोधबीच निलम्बित धारा फुकुवा गर्ने सहमति भएको थियो । संस्थापन पक्षले ११ पुसमा बहुमतको आधारमा १४औँ महाधिवेशनको कार्यतालिका ल्याएको, सदस्यता सम्बन्धमा विधानको महत्वपूर्ण धारा निलम्बन गरेको, विधान विपरीत विभाग गठन गरेको भन्दै इतरपक्ष असन्तुष्ट बनेको थियो ।