images
images

सिन्धुपाल्चोकमा वडाध्यक्षसहित तीन जनामाथि कुटपिट

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा वडाध्यक्षसहित तीन जनामाथि सामूहिकरूपमा कुटपिट भएको छ । सोमबार बेलुका करिब १० बजे वडा नम्बर ५ का वडाध्यक्ष सनत अधिकारी, रत्न राज्य माध्यमिक विद्यालयका प्रधानाध्यपक र सोही विद्यालयका शिक्षकमाथि स्थानीय केही युवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।

‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष अधिकारी र केही स्थानीयबीच ‘हानाहान’ भएको भनेर हिजो राति साढे १० बजे जानकारी आएको थियो,’ एसपी प्रज्वल महर्जनले भने । महर्जनका अनुसार वडाध्यक्ष अधिकारीको भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

‘उहाँको अवस्था कस्तो छ थाहा छैन । भक्तपुरमा उपचार भइरहेको भन्ने मात्रै जानकारी पाएका छौं,’ उनले भने, ‘झडपमा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ । ‘घटनाबारे थप अनुसन्धान भइरहेको एसपी महर्जनले बताए ।