images
images

मौसम : ‘बुधबारसम्म देशभरिकै माैसम सफा रहने, तत्काल पानी र हिउँ पर्ने सम्भावना कम

काठमाण्डाै – साेमबारदेखि आउँदाे तीन दिन देशभरिकै माैसम सफा रहने मौसमविद्ले बताएका छन् । तत्काल पानी र हिउँ पार्ने प्रणाली नदेखिएकाले साेमबार, मङ्गलबार र बुधबार देशभरिकै मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो पहाडी क्षेत्रको मौसममा आंशिक बदली भए पनि अन्य ठाउँमा पारिलो घाम लाग्नेछ । यस्तै राति पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी र हिउँ पर्ने सम्भावना छ । अब तापक्रम पनि बिस्तारै बढ्ने माैसमविद् मानन्धरले बताउनु भयाे ।