images
images

मुग्लिन सडकखण्डमा ट्रक खस्यो

काठमाडौँ – नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक खसेको छ ।  चामल बोकेको ट्रक  मुग्लिन सडकखण्ड अन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खुेको हो । ट्रक खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ दुर्घटनामा परेको हो ।

सोमबार बिहान भएको दुर्घटना पछि उद्दारका लागि प्रहरी पुगेको थियो ।  दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा  भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।