images
images

सिन्धुपाल्चोकको गाउँपालिका, वडा कार्यालयमा तोडफोड

काठमाडौं : अज्ञात समूहले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका कार्यालय र ६ नम्बर वडा कार्यालयमा तोडफोड गरेको छ। आइतबार राति अत्तरपुरस्थित गाउँपालिका कार्यालय, पेड्कुमा रहेको ६ नम्बर कडा कार्यालय र पेड्कुका ११ घर तोडफोड भएको स्थानीयले बताएका छन्।

घटना राति भएको र करिब ११ वटा घरमा तोडफोडसहित चोरी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्‍चोकका डिएसपी माधव काफ्लेले थाहा खबरलाई जानकारी दिए। घटनाबारे  थप अनुसन्धान भइरेहेको पनि उनले बताए। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष र स्टोरकक्ष तोडफोड भएको बताइएको छ। दराज र घर्रा फोरेर कागजपत्रहरु असरल्ल अवस्थामा फालिएको छ।

वडा कार्यालयको पनि ढोका फोरेर दराज र घर्रा तोडफोड भएको छ। घटनाबारे थप बुझ्नका लागि सम्पर्क गर्दा गाउँपालिका अध्यक्ष कमल थापालाई सम्पर्क गर्दा उनको फोन उठेन।