images
images

आजको मौसम : बदली हुने, पानी नपर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा सोमबार बिहानैदेखि माैसम सामान्य बदली भएको छ । बाँकी ठाउँमा मौसम सफा करहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साेमबार दिउँसो पनि मध्य र पूर्वका केही ठाउँमा सामान्य बादल लागे पनि धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो । अहिले कुनै पनि मौसम प्रणाली सक्रिय नरहेकोले  तत्काल पानी पर्ने सम्भावना नरहेको पनि अर्यालले जानकारी दिनुभयो ।