छोटो समयमा लोभलाग्दो सफलता हासिल गरेकी बलिउड अभिनेत्री दिशा पाटनीको नयाँ फिल्म ‘मलंग’ ७ फेब्रअरीको प्रदर्शनमा आउँदैछ । मोहित सुरीको निर्देशनमा बनेको फिल्ममा दिशासँगै अभिनेता आदित्य रोय कपूर, अनिल कपूर र कुणाल खेमूको पनि प्रमुख भूमिका छ । यो रोमान्टिक थ्रिलर फिल्म हो । फिल्ममा अनिल कपूर रिसाहा पुलिस अफिसरको भूमिकामा छन् ।
फिल्ममा दिशा र आदित्यको किस सिनलाई लिएर अहिले निकै चर्चा भैरहेको छ । फिल्मको एक पोस्टरमा दिशाले आदित्यको काँधमा चढेर चुम्बन गरेकी छन् । फिल्ममा निकै बोल्ड र किसिङ सिन दिएकी उनले किस सिन दिँदा कुनै कन्फर्ट नहुने बताएकी छन् । एक अन्तर्वार्तामा उनले भनिन्, ‘मान्छेहरु किसिङ सिन गर्दा मज्जा आउँछ भन्ने सोच्छन् । तर, त्यस्तो हुँदैन ।’
दिशाले अगाडि भनिन्, ‘जब तपाईं यस्तो सिन गर्दै हुनुहुन्छ, तब तीन ठूला-ठूला क्यामेरा तपाईंको आसपास हुन्छ । ५० भन्दा धेरै क्रू मेम्बर हुन्छन् । जो तपाईंलाई घुरेर हेरिरहेका हुन्छन् । १० जना मोनिटरमा हेर्दै गरेका हुनछन् । यस्तो अवस्थामा निकै प्रेसर हुन्छ । कुनै मज्जा आउँदैछ ।’ उनी किस सिनलाई लिएर भैसकेको ट्रोलिङप्रति आफूले चासो दिन छाडेको बताउँछिन् ।
किस सिनलाई लिएर आफ्नो परिवारको प्रतिक्रिया बताउँदै उनले भनेकी छन्, ‘मेरो परिवारले किसिङ सिनलाई लिएर कुनै आपत्ति जनाउनु भएन । उहाँहरुलाई राम्रो लागेको छ । म उहाँहरुको छोरी भएका कारण मेरो सबै फिल्म र मेरो काम मन पर्छ । मैले केही गलत गरेको छु भन्ने कुरामा उहाँहरु डिटेलमा जानुहुन्न ।’ उनले ‘मलंग’ लाई लिएर आफू निकै उत्साहित रहेको बताइन् ।