नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई आइतबार राति सरकारीनिवास बालुवाटारमा रात्रिभोज दिने भएका छन् । रात्रिभोजमा सहभागी हुन नेकपामा सबै सांसदहरूलाई मोबाइलमा म्यासेज आएको छ ।
म्यासेजमा लेखिएको छ- २०७६/१०/१९ गते साँझ ६ बजे पिएमनिवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ । ह्विप । सिपिएन । प्रधानमन्त्री मन्त्रीले ह्विप नै जारी गरी सांसदहरूलाई किन रात्रिभोजमा बोलाएका हुन् भन्ने खुलेको छैन् ।
केही सांसदहरूले संसदबाट अनुमोदन गर्नुपर्ने अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्न रात्रिभोज आयोजना गरेको अनुमान गरेका छन्।


जनता भ्वाइस 







