काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दाेस्राे खेलमा आइतबार दुई विभागीय टिम त्रिभुवनआर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । यी दुईबीचकाे खेल दिउँसाे ३ बजे त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा सुरु हुनेछ । ए डिभिजन लिगको पहिलो उपाधि जित्ने दाउमा रहेको आर्मी अहिले २० अङ्कसहित दोस्रो स्थानमा छ ।
आइतबारकाे खेलमा जित हात पारेमा आर्मी शीर्ष स्थानको मछिन्द्रलाई एक अङ्कले पछि पार्दै शीर्ष स्थानमा फर्कनेछ । याे खेलकाे बराबरी वा पराजय आर्मीका लागि निकै महँगो साबित हुनेछ । ९ खेल सकिँदा आर्मीले ६ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ । नेपाल पुलिस क्लब भने १४ अङ्कसहित छैटौँ स्थानमा छ । पाँच पटकको विजेता पुलिसको लक्ष्य शीर्ष ६ भित्र रहने हो ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् । सङ्कटा आठौँ स्थानमा छ भने हिमालयन शेर्पा क्लबलाई रेलिगेशनको चरम दबाब छ । शेर्पाले ९ खेल खेल्दा एक जित, चार बराबरी र चार हारका साथ सात अङ्क बनाएको छ । शेर्पा रेलिगेशन जोनभन्दा दुई अङ्कमात्र माथि छ । त्यसैले शेर्पा आइतबारकाे खेलमा जित हात पार्दै सुरक्षित रहन चाहन्छ ।
गएकाे संस्करणको उपविजेता सङ्कटाले भने यो संस्करणमा औसत प्रदर्शन गरेको छ । उसले ९ खेलमा तीन जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ । १२ अङ्कसहित सङ्कटा आठौँ स्थानमा छ ।