काठमाण्डाै – आइतबार मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।नेपालमा अहिले पानी पार्ने प्रणाली सक्रिय नरहेकाले आइतबार र साेमबार पहाडी क्षेत्रको मौसम एकैछिन बदली हुँदै घाम लागे पनि अन्य ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब बिस्तारै तापक्रम बढ्दै गएर गर्मी सुरु हुनेछ । केही दिनयता माैसम बदलीबाट आजित भएका नागरिकले अब भने राहत महसुस गर्न पाउने भएका छन् ।