काठमाडौँ – अर्जुनधारा ११ मा मध्यरातमा आएको जंगली हात्तीले ५ घरमा क्षति पुराएको छ । एकल हात्तीले अर्जुनधारा नगरपालिकाको विभिन्न क्षेत्रमा यस अघिदेखि नै क्षति पुर्याउँदै आएको थियो । शुक्रबार बिहानको राति हात्तीले सालबारी दक्षिण, देउनिया उत्तरतर्फको मानव बस्तीमा पसेर क्षति पुराएको हो ।
स्थानीय युवा सनम राईका अनुसार चौठीलाल चौधरीको घरमा क्षति पुराउँदै अन्दाजी १० मन धान खाएर नष्ट गरेको छ । भान्सा घर पूर्णरूपमा क्षति पुर्याएको छ । त्यस्तै, सुबास तामाङ, गुमानसिंह राई, झाप्रे सतार र अनुपसिंह इङनामको घरमा पनि क्षति पुराएको छ ।
अधिकांश सबैको घरबाट धान, चामल निकालेर हात्तीले खाएको छ । हात्तीले इँटाको पर्खाल भएको घर भत्काएर अन्नपात निकालेर खाने गरेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।


जनता भ्वाइस 








