रुपन्देही – जम्मा गरेर राखेकाे बाेराकाे खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको ज्यान भएको छ। कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलिया तपनी गाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, दुई वर्षीया छोरी सहिना खातुन र ६ वर्षीय छोरा सुल्तान रजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशव ज्ञवालीले जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका उनीहरुले आफैले सङ्कलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सासिएर ज्यान गएको प्रहरी निरीक्षक ज्ञवालीले बताउनु भयो । मृतक चारै जनाको शव बिहीबार बिहान फेला परेकाे थियो । उनीहरुको शव परीक्षणका लागि भैरहवाकाे भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


जनता भ्वाइस 







