images
images

ए डिभिजन लिग : फ्रेण्ड्सकाे तेस्रो जित, च्यासल एक-शून्यले पराजित

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबले तेस्रो जित निकालेको छ । दशरथ रंगशालामा भएकाे नवौँ चरणको खेलमा च्यासल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा फ्रेण्ड्स क्लब नवौँ स्थानमा उक्लिएको छ ।

फ्रेण्ड्सको ११ अंक छ भने पराजित भएको च्यासल ९ अंकसहित दशौँ स्थानमा झरेको छ । फ्रेण्ड्सलाई जिताउन ८४ औंँ मिनेटमा उत्तम कार्कीले गरेको गोल नै निर्णायक बन्यो ।

विश्व अधिकारीले प्रहार गरेको फ्रि किकलाई च्यासलका किपर बचाउन खोज्दा रिबाउण्ड भएको बललाई उत्तम कार्कीले गोलमा परिणत गरेका थिए । लिगको नवौँ चरण अन्तर्गत आज अन्तिम खेलमा एनआरटी र ब्रिगेड ब्वाइजले अहिले तीन बजे प्रतिस्पर्धा गर्दैछन् ।