images
images

गैंडाको खाग सहित २ जना पक्राउ

काठमाडौं – प्रहरीले गैंडाको खागसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-८ बस्ने ४६ वर्षीय लब खत्री र कपन एकताबस्तीमा बस्ने दिनेश थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ।

बुधबार गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा गैंडाको खाग १ थानसहित उनीहरूलाई चावहिलबाट पक्राउ गरिएको महाशाखाले जनाएको हो।