काठमाडौं – गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘रुमाल चिनो’ सार्वजनिक भएको छ । वसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा स्वर रचना रिमालको छ ।युट्युबमा लिरिकल भिडियो राखिएको गीतको म्युजिक भिडियो केही दिनमा आउने संगीतकार वसन्त
सापकोटाले जनाएका छन् । रचना नेपाल आइडलको जारी सिजन–३ मा उत्कृष्ठ १२ मा प्रतिस्पर्धीका रुपमा छिन् । नेपाल आइडलमा रचनाको गायकी थाहा पाएपछि निर्णायक न्ह्यू बज्राचार्य उनलाई खोज्दै घरमै पुगेका थिए ।


जनता भ्वाइस 








