काठमाडौँ- बाफ लिन साउना गएका दम्पतिको निसास्सिएर मृत्यु भएको छ । तिखेदेवलमा रहेको फिट एण्ड फाइन जिम सेन्टरमा साउनाबाथ लिने क्रममा बेहोस भएका दम्पतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हस्तकुमार मगर र उनकी श्रीमती नेत्रकुमारी मगर रहेको प्रहरीले जानकारी दिएको छ । साउना लिन छिरेका दुवैजनाले लामो समयसम्म ढोका नखोलेपछि जिम सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आएर ढोका खोलेर हेर्दा दुवै बेहोस अवस्थामा भेटिएका थिए । तत्काल उनीहरुलाई पाटन अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ इन् ।
अक्सिजनको कमी हुँदा निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जिम सञ्चालकलाई सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएको छ ।