काठमाडौँ – आगामी चैत्रमा हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि चितवन टाइगर्सले अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद शहजादलाई भित्राएको छ । विष्फोटक ब्याट्सम्यानको पहिचान बनाएका ३३ बर्षे शहजादले अफगानिस्तानका लागि २ टेस्ट, ८४ एकदिवसीय तथा ६५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
अफगानिस्तानका लागि टी-२० मा शतक समेत प्रहार गरेका शाहजाद गतबर्षको विश्वकपमा विवास्स्पद रुपमा टिमबाट निकालिएका थिए । त्यसपछि उनी अफगानिस्तानको राष्ट्रिय टिमबाट खेलेका छैनन् । चितवनले यस सिजनका लागि ट्रेडिङमार्फत राष्ट्रिय टिमका बलर सोमपाल कामिलाई भित्र्याएको थियो भने अब विस्फोटक ब्याट्सम्यान शाहजादको आगमनले टिम थप बलियो भएको चितवनले बताएको छ ।
चितवनमा युवा खेलाडी कमल सिंह ऐरी, भीम सार्की, इशान पाण्डे, दिलिप नाथ, ललित भण्डारी शाहब आलम जस्ता खेलाडी रहेका छन् । इपिएल आयोजकले विदेशी खेलाडी भित्र्याउने नयाँ नियम बनाएसँगै यस अघि वेस्टइन्डिजका डवाने स्मिथ भैरहवाबाट र श्रीलंकाका उपुल थरंगा ललितपुरबाट खेल्ने गरि सम्झौता गरिसकेका छन् ।


जनता भ्वाइस 







