नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्वउपसभामुख समेत भइसकेकी सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको प्रचार विभागका उपप्रमुख सूर्यथापाले जानकारी दिए।
शिवमायाले उपसभामुख बनेपछि पार्टी सदस्यता त्याग गरेकी थिइन्। सभामुख र उपसभामुख पदमा निर्वाचित भएपछि दलगत आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधान छ । पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेपछि आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा उनले भाग लिन पाउने छिन्।
उनी एकीकरण भएर नेकपा बन्नु अघि एमालेकी केन्द्रीय सदस्य थिइन्।


जनता भ्वाइस 







