images
images

काठमाण्डाैका केहि ठाउँमा आज दिनभरि बत्ती जाने

काठमाण्डाै – काठमाण्डाैका विभिन्न ठाउँमा बुधबार दिनभरि नै बत्ती जाने भएकाे छ । चक्रपथ विस्तारकाे लागि रुख कटानकाे काम भैरहेकाेले बुधबार बिहान साढे ७ बजेदेखि दिउँसाे ५ बजेसम्म महाराजग‌ञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ फिडरबाट वितरित लाइन काटिएकाे नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ ।

फिडरअन्तर्गत बसुन्धारा, श्रीटोल लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएकाे छ । निर्धारित समयअघि काम सम्पन्न भए समयअघि नै विद्युत अवराेध हटाइने प्राधिकरणले बताएकाे छ ।