images
images

वाणगंगा नदिको ठेक्का रद्ध

काठमाडौँ – कपिलवस्तुको बाणगंगा नदिको ठेक्का रद्ध गरिएको छ । मंगलवार दिउसो बसेको नगर कार्यपालिकाको वैठकले नदिको ठेक्का रद्ध गर्ने निर्णय गरेको हो । बाणगंगा नदिको ठेक्का प्रकृयामा विभिन्न टिकटिप्पणी हुदै आएको थियो ।

नगरकार्यपालिकाको बैठकले ठेक्का प्रकृयामा ठेकेदारको मिलेमतो भएको आशंका थियो । ठेक्का प्रथम पक्षले पाच करोड भन्दा बढी कवुल रकममा ठेक्का लिनेगरी टेन्डर हालेको थियो उक्त टेन्डर एन. बि. कन्स्ट्रक्सन (पहिलो पक्षले)े नलिएपछि ओम सत्य शाहि (दोस्रो पक्षलाई) स्वतः ठेक्का लिने बाटो खुलेको थियो तर पहिलो र दोस्रो पक्षले ठेक्का पाएपनि नलिने बताएपछि ठेक्का रद्ध गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

ठेक्कामा पहिलो र दोस्रो पक्ष मिलेको र रबि निर्माण सेवा (तेस्रो पक्षको) ठेकेदारलाई ठेक्का पाउने गरी मिलेमतो भएको खुलेपछि ठेक्का रद्ध गरिएको बताईएको छ । नगर प्रबक्ता पौडेलले मायादेवीलाई बताएअनुसार नदिको ठेक्का रद्ध गरिएको र बुधवार नया ठेक्का आह्वान गर्ने गरी प्रकृया अघी वढाईएको छ ।

यहि ठेक्कालाई लिएर पछिल्ला केहिदिन यता जनप्रतिनिधि र ठेकेदारको मिलेमतो भएको आशंका थियो तर मंगलवार बसको कार्यपालिका बैठकले ठेक्का रद्ध गर्ने निर्णय गरेपछि आशंका चिरिएको छ ।