images
images

आस्था राउतलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइँदै

काठमाडौँ – अभद्र व्यवहार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेकी गायिका आस्था राउतसँग प्रहरीले बयान लिएको छ । बयानपछि राउतलाई सरकारी वकिल कार्यालय लगिएको छ । सरकारी वकिल कार्यालय जाने क्रममा राउतले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै कानुनभन्दा माथि कोही पनि नरहेको र कानुनअनुसार आफूलाई हुने कारवाही सहर्स स्वीकार गर्ने बताउनुभयो ।
कानूनलाई सहयोग गर्न आएको र प्रहरीले पनि सौहार्दपूर्ण वातावरणमा आफ्नो कुरा राख्न दिएको राउतले बताउनुभयो । उहाँले कानुनभन्दा माथि कोही पनि नभएको र कानुनअनुसार आफुमाथि के कारवाही हुन्छ त्यो सहर्स स्वीकार गर्ने भन्दै कानुनलाई कसैले नमिच्न आग्रह गर्नुभयो ।
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले गायिका राउतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिनु भएको थियो । माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो ।