काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले अर्कोबिभागीय टिम एपीएफलाई पराजित गरेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले एपीएफलाई १-० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा कप्तान भोला सिलवालले खेलको १३औ मिनेटमा गोल गरेका थिए ।
खेलमा एपीएफका सुदिप सिखराकारले खेलको अन्तिम मिनेटमा रातो कार्ड पाएका थिए । जितपछि पुलिस क्लब ९ खेलमा १४ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै एपीएफको भने ९ खेलपछि केवल ५ अंक रहेको छ र लिगको १३औ स्थानमा रहेको छ ।