काठमाण्डाै – भोजपुरको षडानन्द नगरपालिका ४ काे मूलपानी र वडा नम्बर ८ तुगेछको सीमाना टावर डाँडा भन्ने ठाँउमा रहेको एनसेलको टावरमा आगजानी भएको छ । आइतबार राति नचिनेकाे मानिसकाे समूहले एनसेलकाे टावरमा आगजानी गरेको षडानन्द नगरपालिकाको नगर प्रहरीले जनाएकोे छ ।
आगजनीबाट टावरमा सामान्य क्षति भएको षडानन्द नगरपालिकाका मेयर वीरबल राईले बताउनु भयाे । पाँच/६ जनाका समूहमा आएका समूहले एनसेल टावर छेउमै रहेको कोदोको नलमा आगो लगाएको स्थानीयले बताएका छन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । त्यस्तै पाल्पामा रहेकाे एनसेल टावरमा पनि आगजनी भएकाे छ ।
बगनासकाली गाउँपालिका ९ काे बगनास डाँडामा रहेको एनसेल टावरमा आइतबार राति नचिनेकाे मानिसकाे समूहले आइतबार राति टावरमा आजगनी गर्दा टावर पूर्णरुपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएकाे छ । आगजनीबाट टावरको जेनेरेटर, भीटीएस सिस्टम, जीएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्ससहित सबै तार पूर्णरुपमा जलेको छ ।