images
images

जुवा खेलिरहेका १६ जना पक्राउ

काठमाडौँ – धनगढी ३ मिलनचोकमा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । राती जुवाखालमा छापा मारेर उनीहरुलाई २२ लाख रुपैयाँभन्दा धेरै रकमसहित पक्राउ गरिएको कैलालीका एसपी सुदिप गिरीले उज्यालोलाई जानकारी दिनुभयो ।

छापा मार्दा केही व्यक्ति भागेका र उनीहरुले पैसा फालेका पाइएको उहाँले बताउनुभयो ।