images
images

सभामुखमा सापकोटाको चयन उपयुक्त रहेछ भन्ने निष्कर्षमा पुगें– नेम्वाङ

काठमाडौं– सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले उपयुक्त पात्र चयन गरेको दाबी गरेका छन् ।प्रतिनिधिसभाका सांसद अग्नि प्रसाद सापकोटालाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव आइतवार संसदमा राख्दै उपनेता नेम्वाङले सापकोटाको विकल्पमा अन्य कसैको उम्मेदवारी नपरेकाले उपयुक्त पात्र चयनलाई पुष्टि गरेको बताए ।

जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा नेता नेम्वाङले भने,‘ हाम्रो चयन उपयुक्त रहेछ भन्ने निष्कर्षमा पुगेको छु । किनकी सभामुख चयनका लागि हामीले प्रस्ताव गरिरहेको यो क्षणमा संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नु भएको छैन यो सौभाग्य र संयोगको कुरा हो ।’

संसदमा सबैलाई मिलाएर लैजाने जिम्मेवारी अग्नि सापकोटाबाट बहन हुन्छ भन्ने विश्वासका साथ सापकोटालाई सभामुखका रुपमा प्रस्ताव गरेको उनले बताए ।