गुरुङले भने आफूलाई जग्गाको बैना गर्न बोलाएर लुटपाट गरिएको प्रहरीलाई बताएका छन् । लुटपाटमा संलग्न अन्य पनि जग्गा प्लटिङमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गुरुङसँग साथमै गएका साथी पनि लुटपाटमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुबाट प्रहरीले १९ लाख रुपैयाँ नगद र दुईओटा मोटरसाईकल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।