images
images

झापाबाट काठमाण्डाै आइरहेकाे माइक्राेबस सिन्धुलीमा दुर्घटना, एकको मृत्यु

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ मा माईक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।झापाबाट काठमाण्डौ आउँदै गरेकाे बा ४ ख ६९६ नम्बरको माईक्रो बस सडकबाट तल खस्दा काठमाण्डौ महानगरपालिका ११ का मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।