images
images

पुनर्निर्माण प्राधिकरण भोजपुरका सब इन्जिनियर घुससहित पक्राउ

काठमाडौँ – पुनर्निर्माण प्राधिकरण भोजपुरका एक कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पुनर्निर्माण प्राधिकरण अन्तरगत भोजपुर नगरपालिकामा कार्यरत सब इन्जिनियर प्रकाश तिवारीलाई घुससहित अख्तियारले पक्राउ गरेको हो ।

इन्जिनियर तिवारीलाई शुक्रबार ६ हजार रुपैयाँ घुससहित भोजपुरको प्रधान होटलबाट अख्तियारले पक्राउ गरेको हो ।  इन्जिनियर तिवारी भोजपुर नगरपालिका ७ डाँडागाउमा रहेको प्रधान होटल एण्ड लजमा घुस रकम लिन पुगेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले तिवारीलाई प्रधान होटल एण्ड लज घुससहित पक्राउ गरेको हो ।