images
images

गायक लक्ष्मणको नयाँ गीत ‘मायालु रापाकोट’ सार्वजनिक

काठमाडौँ – गायक लक्ष्मण चापागाँइको नयाँ गीत ‘मायालु रापाकोट’ सार्वजनिक भएको छ । गायक चपागाईंकै शब्द् रहेको यस गीतमा अर्जुनकुमार पोखरेलको संगीत रहेको छ । रोइला भाकामा तयार भएको गीतमा सिर्जना सुवेदीले पनि स्वर दिएकी छिन् ।

सन्तोष भुजेलको निर्देशनमा भिडियोमा धेरै जना कलाकारहरुको अभिनय रहेको छ । भिडियोमा गायक चापागाईंसँगै लक्ष्मण भुसाल, खुशी रामदाम र प्रतिसा लामा, देवेन्द्र सिलवाल, आरती सुवेदी, सन्तोषी सुवेदी, ईश्वरी चापागाई, निरु चापागाई, अतीक्षा ज्ञवाली, संवृद्धि खनाल, सबिता अर्याल, रश्मी अर्याल, दिपशिखा थापा, दीक्षा तामाङ, रसिया भण्डारी, कृतिका गुरुङ, मुदुप तामाङ लगायतको अभिनय छ ।

सागर गौतमले खिचेको भिडियोलाई विजेश पौडेलले सम्पादन गरेका छन् । भिडियोमा निर्देशक भुजेलकै नृत्य निर्देशन रहेको छ ।