images
images

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको स्वास्थ्य परीक्षण गरिने

रसुवा – रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको स्वास्थ्य परीक्षण गरिने भएको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले नाकाबाट पर्यटकको आवागमन बढ्दै गएको र चीनमा फैलिइ रहेकाे कोरोना भाइरस भित्रने जोखिम बढेको कारण स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्णय गरेको हो ।

चीनमा पछिल्लो समय महामारीको रूपमा कोरोना भाइरस फैलिएको कारण त्यहाँबाट नेपाल आउने पर्यटकमा यसको सङ्क्रमण हुन सक्ने भन्दै परीक्षण गर्न लागिएको हो । नाकामा रहेको हेल्थ डेक्सबाट तीन दिनभित्र सेवा सुरु गर्नका लागि जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय रसुवालाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनु भयो ।

याे भाइरसका कारण १७ जनाकाे ज्यान गइसकेकाे छ भने पाँच सयभन्दा बढी सङ्क्रमित भएका छन् ।