काठमाडौँ – नेपाली कांग्रेसभित्र देखिएको विवादबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बैठक राखेका छन्। बुधबार अपरान्ह ३ बजे सभापति निवासमा बैठक बस्न लागेको हो।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सहभागी हुनेछन्। पुस ११ गते सभापति देउवाले आफू निकट केन्द्रीय सदस्यहरू मात्रै उपस्थित बैठकबाट विभाग संख्या ४७ पुर्याउने, कार्यकाल एक वर्ष थप्ने, पार्टी सदस्यतासम्बन्धी धारा निलम्बन गर्ने र ०७७ फागुनमा महाधिवेशन गर्ने निर्णय गरेका थिए ।
आफूहरूसँग परामर्श नगरी देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल र सिटौला समूह रूष्ट छ।


जनता भ्वाइस 







