images
images

शीर्ष वरीयताका राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

काठमाडौँ – शीर्ष वरीयताका राफेल नाडल अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । नाडालले बोलिभियाका ह्युगो डेलिनलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो चरणको यात्रा सुरक्षित गरे ।

२०औँ ग्राण्डस्लाम तथा दोस्रो अष्ट्रेलियन ओपन जित्ने लक्ष्यमा रहेका नाडलले डेलिनलाई ६–२, ६–३ र ६–० को सोझो सेटमा हराए । महिला सिंगल्सतर्फ १२औँ वरियताकी बेलायती खेलाडी जोहान्न कोन्टा भने छनोट चरण पार गरेर आएकी ट्युनिसियाकी ओन्स जाबेरसँग ६–४ र ६–२ को सोझो सेटमा पराजित भइन् ।

दोस्रो वरीयताकी क्यारोलियना प्लिस्कोभा दोस्रो चरणमा प्रवेश गरेकी छिन् । पहिलो चरणको खेलमा फ्रान्सकी क्रिष्टिना म्लादेनोभिचलाई २–० को सोझो सेटमा हराउँदै चेक गणतन्त्रकी प्लिस्कोभा दोस्रो चरणमा प्रवेश गरेकी हुन् । छनोट चरण पार गरेर आएकी म्लादेनोभिचलाई प्लिस्कोभाले ६–१ र ७–५ ले हराएकी थिइन् ।

छैटौँ वरियताकी बेलिन्दा बेनकिक पनि दोस्रो चरणमा स्थान बनाउन सफल भइन् । स्वीस खेलाडी बेनकिकले स्लोभाकियाकी अन्ना क्यारोलिना सिमिड्लोभालाई ६–३ र ७–५ ले हराइन् ।