काठमाण्डाै – सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन मंगलबार तोलको ७५ हजार तीन सय रुपैयाँ निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन साेमबार र आइतबार ताेलाकाे ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लाे समय सुनकाे भाउमा उतारचढाव भइरहँदा काराेबारमा प्रत्यक्ष असर परेकाे व्यवसायीहरुले बताउँदै आएका छन् । यस्तै मंगगलबारै चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।