images
images

अमेरिकाको सान एन्टोनियोमा गोली चल्दा २ जनाको मृत्यु

सान एन्टोनियो– अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राति भएको एक गोलीकाण्डमा २ व्यक्ति मारिनुका साथै अन्य ५ जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार विभिन्न व्यक्तिहरूको समूहबीच भएको झगडामा १ जना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए ।

विवाद शुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको विलियमले बताएका छन् ।