हालै सलमानले ‘कभी ईद कभी दिवाली’ नामक फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । यो फिल्म सन् २०२१ मा रिलिज हुने पनि फाइनल भइसकेको छ ।
यसैबीच सलमान खानले आफ्नो फिल्म ‘किक २’ को पनि रिलिज मिति जारी गरेका छन् । जबकि, यो फिल्मको यतिबेला स्किृप्टमै काम भइरहेको छ ।
साजिद नाडियाडवालाले निर्देशन गर्ने यो फिल्मले सन् २०२१ को तिहारको अवसर पारेर रिलिज हुने भएको छ ।
पर्वको मौका पारेर रिलिज गर्ने सलमानका अरु फिल्म पनि कुनै चाड पारेरै रिलिज हुने गरेका छन् ।