images
images

प्रदेश ५ को संसद आजबाट, नाम र राजधानी टुंग्याउने तयारी

काठमाडौं- प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट शुरु हुने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

आज बस्ने बैठकका एजेन्डा बारे कार्यपरामर्श समितिको बैठकले टुंगो लगाउने छ ।

यो अधिवेशनमा प्रदेशको नाम र राजधानी टुंगो लगाउने तयारी गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले हिउँदे अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने बताए ।

प्रदेश ५ मा नेकपा ६१, नेपाली कांग्रेस १९, समाजवादी पार्टी ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १/१ गरी कुल ८७ सांसद् छन् ।
प्रदेश पाँचमा बुटवल कि दाङ राजधानी भन्नेमा विवाद रहेको छ ।

देशका ७ प्रदेश मध्ये अब १, २ र ५ले मात्र नाम र स्थायी राजधानी टुंगो लगाउन बाँकी छ ।