पछिल्लो समयमा नेपालको विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउदै एवम् अत्यावश्यक वित्तिय सेवाको प्रत्याभुत गराउँदैै आएको नबिल बैंक लिमिटेडले आम जनमानसमा सरल र सुलभ वित्तिय पहुच पुर्याउने उदेश्यका साथ नेपालको विभिन्न स्थानमा हाल स्थापित भएका शाखाहरू अतिरिक्त थप २३ स्थानमा आफ्ना शाखा संजाल बढाएको छ ।
उपरोक्त थप शाखाहरूको विवरण निम्न बमोजिम रहेका छन् :
प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट
प्रदेश २ मा र्मिचैया, गोलबजार, शिराहा र चन्द«पुर
प्रदेश ३ मा कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा
प्रदेश ४ मा गैँडाकोट, दलदले र कावसोती
प्रदेश ५ मा चन्द्रौटा, बर्दाघाट र मणिग्राम गरी जम्मा २३ नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयअनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा, १४३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथसाथै देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्थरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको बैंकले जनाएको छ ।