गाईजात्रामा हास्यकलाकारले गर्ने प्रहसनमा पनि रेखा छोटो पहिरनका कारण मजाकको पात्र बन्थिन् ।
हालै एक कार्यक्रमका सिलसिलामा रेखाले पहिरनलाई लिएर मान्छेको चरित्र मूल्याङ्कन गर्ने कुराले आफूलाई अचम्मित तुल्याउने बताएकी छिन् ।
सोमबार पत्रकार डिबी खड्काले प्रकाशन गरेको पुस्तक ‘नियत’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै रेखाले भनिन्, ‘एउटा कुरा चाहिँ मलाई अचम्म के लाग्यो भने मान्छेले पहिरनलाई हेरेर मान्छेले चरित्र मूल्याङ्कन गर्छन् ।’
उनले यसरी पहिरनका आधारमा चरित्रको मूल्याङ्कन गर्नु गलत भएको बताइन् । पहिरनले मान्छेको चरित्र छुट्याउन नसक्ने रेखाको भनाइ थियो ।
‘सामान्य कुर्ता सुरुवालभित्र पनि चरित्र फरक हुन सक्छ । कुनै युवतीले अल्कोहल लिएर बस्यो भन्दैमा मान्छे गलत होइन,’ उनले भनिन् ।
साथै रेखाले आफू हिंसामा नपरेको पनि बताइन् । बरु यो क्षेत्रमा महिला मात्र नभएर पुरुष पनि हिंसामा पर्ने गरेको उनले बताइन् ।