काठमाडौं– अष्ट्रेलियामा आगलागीबाट प्रभावित भएका जिवजन्तुलाई हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न वितरण गरिएको छ ।
न्यु साउथ वेल्स क्षेत्रका पशुपंक्षिलाई ठूलो मात्रामा गाजर लगायत फलफूल वितरण गरिएको हो । केही महिना यता अष्ट्रेलियमा लागेको आगलागीका कारण करोडौं पशुपंक्षी प्रभावित बनेका छन् । आगलागीबाट लाखौं जीवजनाकोको ज्यान गएको छ ।
आगलागी प्रभावित जनावरहरुका लागि न्यु साउथ वेल्स राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षण केन्द्रले खाद्यान्न तथा फलफूल वितरण गरेका हुन् ।
सरकारले सफलतापूर्वक रुपमा तरकारी र फलफूल वितरण गरिएको जनाएको छ ।