images
images

मोदीको अर्काे तयारीः पाकिस्तानतर्फको काश्मीर पनि भारतमै गाभिँदै, सेनापतिले गरे खुलाशा !

काठमाडौँ – नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले पाकिस्ता नतर्फको काश्मीरलाई कब्जामा लिने तयारी गरेको छ । पाकिस्तानतर्फको काश्मिरी भुभागबाट भारततर्फ आतंकवादी गतिविधि बढेको भन्दै मोदी सरकारले पुरै कश्मीरलाई आफ्नो नियन्त्रणमा लिने तयारी गरेको हो ।

यसको खुलासा गर्दै भारतका सेना प्रमुख जनरल एमएम नरवानेले आफूहरु केन्द्र सरकार र संसदको निर्देशनको पर्खाइमा भएको बताए । उत्तर र पश्चिमी सीमा आफूहरुका लागि महत्वपूर्ण रहेको भन्दै उनले सरकारले अनुमति दिए बल प्रयोग गरेर पाकिस्तानको कब्जामा रहेको काश्मीरलाई पनि आफ्नो कब्जामा लिन सकिने स्पष्ट पारे ।

दुबै सीमामा सुरक्षाकर्मी र हतियारको तैनाथीलाई फेरि सन्तुलित गर्नुपर्ने बेला आएको बताउँदै सेनाप्रमुख नरवानेले भने, ‘यदि संसद चाहन्छ कि उक्त इलाका कब्जामा लिनुपर्छ, त्यसो भएमा हामी जरुर गर्नेछौं र त्यसैअनुसार कारवाही अगाडि बढाउने छौं ।’ संसदको प्रस्तवनामा पुरा जम्मू कश्मीर भारतको हिस्सा भएको उल्लेख गर्दै सेनापति नरवानेले सरकारले निर्देशन दिएमा पाकिस्तानको कब्जामा रहेको कश्मीर पनि भारतमै गाभेर छाड्ने स्पष्ट पारे ।

निर्देशन भएमा पुरा कश्मीर भारतको हुने उनको भनाई छ । भारतीय सुरक्षा अधिकारीहरु पाकिस्तानले गैरकानुनी रुपमा कश्मीरको भुभाग कब्जा गरेको भन्दै त्यसमा एक्सन लिनुपर्ने दबाब दिँदै आएका छन् ।