images
images

कपिलवस्तुमा बस दुर्घटना, एक जनाको मृत्यु, १२ जना भन्दा बढी घाइते

काठमाडौँ – कपिलवस्तुमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा बस दुर्घटना हुदा एक भारतिय नागरिकको मृत्यु भएको हो ।

मृतक भारतको करहिया बस्ने ३५ वर्षका परमात्मा पाण्डेय रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जवराले पुष्टी गर्नुभयो । दुर्घटनामा घाइते दर्जनबढी घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको उहाले मायादेवीलाई बताउनुभयो । जिल्ला सदरमुकाम तौलिहवा देखि भैररहवा तर्फ जाँदै गरेको लु १ ख ६८१३ नम्बरको बस कपिलवस्तु नगरपालिका वडा नं ८ दोहनीमा दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै चालक र सहचालक फरार रहेका छन् । घटनाबारे थप अुनसन्धान भैरहेको छ । चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।