काठमाडौँ – अत्यधिक चिसाे बढेपछि दाङको घोराही उपमहानगरपालिका नगर शिक्षा महाशाखाले बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने जनाएको छ । नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार सूचना जारी गर्दै वर्षे बिदाकाे छुट्टी कट्टा हुने गरी बिहीबार र शुक्रबार दुई दिन बिदा दिने निर्णय गरेकाे हाे ।
महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गरिएको उल्लेख छ ।
चिसोका कारण विद्यालयमा बालबालिकाकाे उपस्थिति पनि न्यून भएपछि दुई दिन विद्यालय बन्द गरिएको महाशाखाको भनाइ छ ।