images
images

वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – पश्चिमी वायुकाे प्रभावले देशभरिकै माैसम बदली भएकाे छ ।  वर्षा र हिमपातका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । बिहीबार बिहान ओखलढुङ्गाको रुम्जाटार र भोजपुर विमानस्थलकाे उडान प्रभावित भएका छन् । भिजिविलिटी कम हुँदा लुक्ला, पोखरा, विराटनगरलगायतका विमानस्थलमा विमानले उडान भर्न सकेका छैनन् ।

यस्तै माउन्टेन एयरले पनि उडान भरेको छ तर अरु उडान भने हुन सकेको छैन । मौसम खुले लगत्तै उडान थाल्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  कार्यालयले जनाएको छ । बिहानैदेखि देशका विभिन्न ठाउँमा बाक्लाे हुस्सु र कुहिराे लागिरहेकाे छ ।

देशका कतिपय ठाउँमा भने वर्षा र हिमपात भइरहेकाे माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ । बिहीबार दिनभरिकै माैसम यस्तै रहने महाशाखाले जानकारी दिएकाे छ ।