images
images

इराकस्थित अमेरिकी सैन्य बेसमा इरानको आक्रमण

काठमाडौँ – इरानले इराकस्थित अमेरिकी सेनाको दुईवटा बेसमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी रक्षा विभागले आक्रमणको पुष्टी गरेको छ ।

इरानका स्टेट टेलिभिजनले शिर्ष कमाण्डर कसिम सुलेमानीको ड्रोन आक्रमणमा हत्याको प्रतिशोध स्वरुप अमेरिकी सेनाको बेसमा आक्रमण गरिएको जनाएको छ । पेन्टागनले इराकको इरबिल र अल अशदस्थित दुई स्थानमा आक्रमण गरिएको जनाएको छ ।

आक्रमणमा क्षतिबारे अझै स्पष्ट हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।