images
images

विश्वविद्यालयमा भएको आक्रमणको विरोधमा दिल्ली र मुम्बईमा रातभर प्रदर्शन

काठमाण्डौ – जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा होस्टेल फीको मुद्दालाई लिएर आइतबार साँझ हिंसात्मक झडपमा बदलियो । यस क्रममा ठूलो सङ्ख्यामा नकाबधारी समूहले हातमा लाठी लिएर विश्वविद्यालय हाताभित्र घुसेर विद्यार्थी कुटे र वाहनमा पनि क्षति पुर्‍याए । साबरमती होस्टेल लगायत अन्य भवनमा पनि तोडफोड भयो ।

आक्रमणकारीहरुले शिक्षकलाई पनि छोडेनन् । कुटपिटमा छात्र सङ्घकी अध्यक्ष आइशी घोष गम्भीर घाइते हुँदा अन्य ३० जना विद्यार्थी पनि घाइते भए । उनीहरुलाई एम्स अस्पतालमा भर्ना गरिएको छ । आइतबार साँझ भएको घटनालाई लिएर रातभर जेएनयू, एम्स, दिल्ली प्रहरी मुख्यालयको बाहिर प्रदर्शन भयो । मुम्बईमा पनि ठूलो सङ्ख्यमा मानिसहरुले जेएनमयूमा भएको हिंसाविरुद्ध रातभर प्रदर्शन गरे ।